नबिल बैंकको सेयर ११६ रुपैयाँले घट्यो, आज किन्नेले ३४ प्रतिशत लाभांश नपाउने

  २०७५ फागुन १४ गते १३:११     विकासन्युज

काठमाडौं । मंगलबार नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ११६ रुपैयाँले घटेको छ । सोमबार प्रतिकित्ता ७९४ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मंगलबार प्रतिकित्ता ६७८ रुपैयाँमा झरेको छ ।

बैंकले गत वर्षको नाफा वितरणका लागि आज(मंगलबार)बाट बुक क्लोज गरेको छ । आज सेयर किन्नले गत वर्षको नाफाबाट बैंकले दिन लागेको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश पाउने छैनन् ।

१२ प्रतिशत बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता ७०८ रुपैयाँ तोकेको छ । जसको आधार मूल्य प्रतिकित्ता ११२१ रुपैयाँ रहेको थियो ।

त्यस्तै, नबिल बैंकको संस्थापक सेयरको मूल्य समायोजन भएर ६७० रुपैयाँ तोकिएको छ । सोमबार उक्त सेयरको मूल्य प्रतिकित्ता ७५० रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.