गेटा आँखा अस्पताल परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

  २०७५ फागुन १४ गते १२:५१     विकासन्युज


काठमाडौँ । कैलाली जिल्लाको गेटा आँखा अस्पताल धनगढीमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योति संगका उपाध्यक्ष चक्रबहादुर सिंहद्धारा संयूक्त रुपमा औपचारिक उद्घाटन भएको हो ।

कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योतिसंगका उपाध्यक्ष चक्रबहादुर सिंहले अस्पतालमा आउने विरामी तथा कर्मचारीहरुका लागि वित्तिय कारोबार गर्न सहजता हुनुका साथै सुदुरपश्चिमका ९ जिल्लाबाट रकम प्राप्त गर्न र रकम पठाउनमा सहजता हुने बताए ।

उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. कामु उप–महाप्रबन्धक चुडामणी तिम्सिना, सामान्य सेवा विभागका विभागीय प्रमुख दीर्घबहादुर अर्याल, क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.