एकल ब्राण्डको वृहत प्रदर्शनी ‘महिन्द्रा उदय’ले भव्य, उपभोक्ताको आकर्षण मराजो र एक्स्यूभी–३०० मा

  २०७५ फागुन १३ गते १७:०३     विकासन्युज

काठमाडौं । गत शुक्रबारबाट सुरु भएको महिन्द्राका भेहिकलहरुको एकल लाईफ स्टाईल अटो शो ‘महिन्द्रा उदय’ आज आइतबार बेलुका समापन भएको छ । अबलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको उक्त मेलामा कम्पनीले आफ्ना सबै ३० भन्दा बढी भेहिकल प्रदर्शनीमा राखेको थियो ।

उक्त मेलामा महिन्द्राका पछिल्लो उत्पादन कम्प्याक एसयूभी एक्सयूभी ३०० तथा एमपीभी मराजो सँगै अन्य ४ नयाँ मोडल सार्वजनिक गरेको थियो ।

‘नेपालमै पहिलो पटक भएको बृहद एकल ब्राण्डको प्रदर्शनीमा जसरी अबलोकनकर्ता आउनु भयो, ब्रान्ड, गाडी, म्युजिक र खानाको स्वादसँग रमाउनु भयो यसले हाम्रो मेला निकै सफताका साथ पुरा भएको छ’ महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटका मार्केटिङ मेनेजर सिजन न्यौपानेले बताए ।

यो प्रदर्शनीमा बिक्री भन्दा पनि महिन्द्राको सबै रेन्ज तथा महिन्द्रा केहो भन्ने कुरामा फोकस गरिएको थियो । मेलामा एसयूभीहरु, इलेक्ट्रीक भेहिकलहरु, दुई पाङ्ग्रेमा मोटरसाईकल तथा स्कुटर, हेभी इक्युपमेन्टहरु, कृषिमा प्रयोग हुने ट्रायाक्टरहरु, जेनेरेटरका साथै हेवी तथा लाईट कमर्शियल भेहिकलहरुमा अबलोकनकर्ताले निकै चासो देखाएका थिए ।

मेला अवधिभर नयाँ दुई गाडी मराजो र एक्स्यूभी–३०० मा धेरैले चासो देखाएका थिए । महिन्द्राकालागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराजपार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्त रुपमा यो लाइफ स्टाइल एन्ड अटो शो को आयोजना गरेकोे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.