ग्यास बिक्री ठप्प पार्ने बिक्रेताको चेतावनी, उद्योगीको आन्दोलनमा ऐक्यबद्धता

  २०७५ फागुन १० गते १३:१२     विकासन्युज


काठमाडौं । एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यबद्धता जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलन ग्यास बिक्रेताले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताए । महासंघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले भने-माग पूरा नभए ग्यास बिक्रि ठप्प पाछौँ ।

यस अघि गत बुधबार उद्योगीहरुले पत्रकार सम्मेलन गरेर आफ्ना मागहहरु पूरा नभए माघ १७ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।

‘एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा हामी देशै भरी बिक्रेताहरुको समर्थन रहेको छ’ संघका महासचिव विनोद् काफ्लेले भने, ‘हाम्रा मागहरु पुरा नभए फागुन ३० गते ग्यास बिक्रि वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डरहरु सम्बन्धित निकायमा बुझाउछौं ।’

पत्रकार सम्मेलन मार्फत महासंघले ६ बुँदे माग सार्वजनिक गरेको छ ।

यो पनि पढ्नु होस् ।

फागुन ३० गतेबाट ग्यास बिक्री बन्द गर्ने उद्योगीको चेतावनी, कमिशन बृद्धि गर्न माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.