केपी ओली, पानी जहाज र समृद्धि

  २०७५ फागुन १० गते ९:०४     भिम प्रसाद उपाध्याय

काठमाडौं । आफ्नै छिमेकस्थित प्रधानमन्त्री ओलीको प्रिय र गत फागुन २ मा उनीद्वारा उद्घाटित ‘नेपाली पानीजहाज कार्यालय’ एकान्तकुना कुसुन्तिको अवलोकन भ्रमण गरियो । वस्तुस्थिति यस्तो रहेको पाएँ ।

१) कार्यालयको दरवन्दी तय नभएको र निजामति किताबखानामा अफिस दर्ता हुन बाँकी
२) कार्यालय प्रमुख अर्थात रजिष्ट्रार लगायत कुनै पनि कर्मचारीको सरूवा पोस्टिङ नगरिएको, उही भवनमा स्थित चक्रपथ आयोजनाका सडक विभागका कर्मचारीहरूलाई नै सो अतिरिक्त हाललाई पानी जहाज कार्यालयको समेत काम हेर्नु भनेर फागुन ६ गते मात्र निर्देशन पत्र दिईएको रहेछ ।
३. कार्यालय प्रमुख हालसम्म नियुक्त नभएको तर चक्रपथ आयोजनाका सिडिई अमृत रिमाललाई नै पानी कार्यालयको समेत काम हेर्ने गरी हाललाई निमित्त कार्यालय प्रमूख तोकिएको रहेछ ।
४) बजेट, कार्यक्रम, योजना अझै तोक्न बाँकी रहेको,
५) कार्यालयको फोन, ईमेल वेबसाईट, मोबाईल राख्न अझैं बाँकी रहेको पाइयो ।
६) मिडियाहरूको निरन्तर भिजिट हुने भएकोले चकाम चलाउ कर्मचारीहरूले घाँटीमा नेमट्याग झुण्याईएको रहेछ ।
७) कर्मचारीहरूलाई पानी जहाज कार्यालय बारेमा के कसरी के गर्ने कुनै निर्देशन वा ओरिएन्टेशन नगरिएको पाइयो ।
८) काम चलाउ असम्बन्धित सेवा समूहका सडकका कर्मचारीहरूलाई पानी जहाजको काममा कुनै चासो नरहेको पाईएको र ती कुन दिन अन्यत्र सरूवा होला भनेर व्यग्रता साथ पर्खिबसेको पाइयो ।
९) प्रमकै चासोको कार्यालयमा त यो हालत छ भने अरू कार्यालयहरूमा कसरी काम हुदै गरेको होला भनेर दिक्दार लाग्यो ।
१०) प्रमबाट उद्घाटन पनि हतारमा जबरजस्ति गराउने तर त्यसपछि केही मतलब नराख्ने विभागीय मन्त्री र सचिवको यस्तो ताल देख्दा नेपाल कहिले सुध्रने होला भन्ने गम गर्न मन लाग्यो ।(उपाध्याय पूर्व सचिव हुन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.