चौतारी लघुवित्तको फागुन २९ गतेदेखि बुक क्लोज

  २०७५ फागुन ९ गते १७:३५     विकासन्युज

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको आगामी फागुन २९ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

यस वित्तीय संस्था आगामी चैत १६ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे बुटवलको सुख्खानगरस्थित आप्रपाली कटेज एण्ड रेष्टुरन्टमा बस्दै छ । उक्त सभाले संस्था मर्जर वा एक्विजिसनमा जाने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.