नविल बैंककाे ३४औँ वार्षिक साधारणसभा फागुन २७ गते, कहिले हुँदैछ बुक क्लोज ?

  २०७५ फागुन ९ गते १४:१७     विकासन्युज

काठमाडौं । नविल बैंकले आगामी फागुन २७ गते आफ्नो ३४औँ वार्षिक साधारणसभा डाकेको छ । सो प्रयोजनको लागि बैंकले फागुन १४ गते बुक क्लोज गर्ने भएको छ ।

उक्त सभामा बैंकले ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । सभाले बैंक सञ्चालक समितिको प्रस्ताव अनुसार सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद(करसहित) गरी सो मात्राको लाभांशलाई अनुमोदन गर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ०३ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ । बिहीबारको बजारमा बैंकको सेयर मूल्य १० रुपैयाँले बढेर प्रतिकित्ता ७९९ रुपैयाँमा कारोबार भइरहेको छ ।

बैंकको सभा फागुन २७ गते बिहान ११ः३० बजे कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.