१९ बीमा कम्पनीले गरे २ खर्ब २८ अर्ब लगानी, कुन कम्पनीको कति ?

  २०७५ फागुन ९ गते १३:५४     नबिन पोखरेल


काठमाडौ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा गर्ने कम्पनीहरुले २ खर्ब २८ अर्ब ९० करोड ६४ लाख २८ हजार रुपैयाँको लगानी गरेका छन् । बीमा सम्बन्धी विद्यमान कानून अनुसार जीवन बीमा कम्पनीहरुले क वर्गको लगानी अन्र्तगत सरकारी ऋणपत्रमा कम्तीमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, ख वर्गको लगानी अन्र्तगत बाणिज्य बैकको मुद्दती खातामा कम्तीमा ३५ प्रतिशत, विकास बैंकको मुद्दती खातामा बढीमा १५ प्रतिशत र सामुहिक लगानी कोषहरुमा बढीमा ५ प्रतिशत समेत गरी क र ख वर्गको लगानीमा कम्तीमा ७० प्रतिशत लगानी गर्नेु पर्ने प्रावधान छ ।

ग वर्गको लगानी अन्र्तगत भने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर वा ऋणपत्रमा बढीमा १० प्रतिशत वित्त कम्पनीहरुको मुद्धतीहरुमा बढीमा १० प्रतिशत कुनैपनि पब्लिक कम्पनीको सेयरमा बढीमा १० प्रतिशत, उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्रमा ५ प्रतिशत र ईन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा २ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ । हालसम्म व्यवसाय गर्ने कम्पनीको संख्या १९ रहेको छ ।

कुन कम्पनीको लगानी कति ?
सोही कम्पनी मध्येमा राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ अर्ब ५२ करोड ६७ लाख ५६ हजार लगानी गरेको छ ।
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले २३ अर्ब ६७ करोड ८५ लाख ३३ हजार रुपैयाँ लगानी गर्दा नेपाल लाईफ इन्स्योरेन्सले ५१ अर्ब ३ करोड ८३ लाख ५५ हजार रुपैयाँ लगानी गरेको छ ।

लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपालको लगानी ४० अर्ब ९६ करोड २१ लाख २२ हजार रुपैयाँ छ भने मेट लाईफले १७ अर्ब ४० करोड ३८ लाख २२ हजार रुपैया लगानी गरेको छ । यता, एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले १३ अर्ब ३७ करोड ८५ लाख ४० हजार रुपैयाँ लगानी गर्दा सूर्या लाईफ ईन्स्योरेन्स कम्पनीको लगानीको आकार ३३ अर्ब ५ करोड ३७ लाख ७३ हजार रुपैयाँको छ ।

बीमा सम्बन्धी विद्यमान कानून अनुसार जीवन बीमा कम्पनीहरुले क वर्गको लगानी अन्र्तगत सरकारी ऋणपत्रमा कम्तीमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी गुराँस लाईफ ईन्स्योरेन्स कम्पनीले ४ अर्ब २८ करोड ६६ लाख १७ हजार रुपैयाँको लगानी गरेको छ भने प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीले ९ अर्ब ६९ करोड ३२ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८९ करोड ६ लाख १७ हजार रुपैयाँ लगानी गर्दा यूनियन लाईफ ईन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड ४७ लाख ७४ हजार रुपैयाँ लगानी गरेको छ ।

ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले २ अर्ब ४ लाख रुपैयाको लगानी गरेको छ भने सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ६८ करोड ५० हजार रुपैया लगानी गरेको छ । यता, रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ६२ करोड ४३ लाख ९१ हजार रुपैयाको लगानी गर्दा रिलायबल लाईफ ईन्स्योरेन्स कम्पनीको २ अर्ब १३ करोड ४६ हजार रुपैयाँ लगानी गरेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीले २ अर्ब ४५ करोड १४ लाख ९३ हजार रुपैयाँ लगानी गरेको छ भने सानिमा लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ४८ करोड ५१ लाख १९ हजार रुपैयाँ लगानी गरेको छ । प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ५५ करोड ७९ लाख ७ हजार रुपैयाँ लगानी गर्दा सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले १ अर्ब ४६ करोड ९८ हजार ६६ करोड रुपैयाँ लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.