कल डिपोजिटको व्यवस्था तत्काल कार्यान्वयन हुन्नः डेपुटी गभर्नर शिवाकोटी

  २०७५ फागुन ८ गते १९:१०     विकासन्युज

काठमाडौ । वाणिज्य बैकहरुले कल डिपोजिटको मात्रा १० प्रतिशतमा झार्न १ बर्षको समय पाउने भएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा कल डिपोजिट १० प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था अघि सारिएको छ । तर डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले भने त्यसका लागि बैंकहरुले एक वर्षको समय पाउने स्पष्ट पारेका हुन् ।

डेपुटी गर्भनर  शिवाकोटीले बैकहरुले आगामी आसार मसान्तसम्म कल डिपोजीट १५ प्रतिशतमा मात्र झार्नुपर्ने र अर्को पुष मसान्तसम्ममा भने १० प्रतिशतमा झार्नुपर्ने बताएका हुन् ।

राजधानीमा आयोजीत फाईनान्सीयल टेक्नोलोजी सम्बन्धी एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले मौद्रीक नीतिको समिक्षा मार्फत नेपाल राष्ट्र बैकले वित्तीय साक्षरता हटाउने प्रयास गरेको दावी गरे । उनले छोटो समयको डिपोजीट लिने तर लामो समयकालागि कर्जा प्रवाह गर्ने बैकको प्रवृतीका कारण कल डिपोजिटको हिस्सा घटाउनु परेको बताए । यस्तै, बैकहरुले ऋणपत्र जारी गर्नुपर्ने प्रावधानपनि त्यसैको निमित्त रहेको जानकारी दिए ।

हाल बैकिङ क्षेत्रको औसत कल डिपोजीट १० प्रतिशत भन्दा केही मात्र बढी भएपनि कुनै बैकको त्यो हिस्सा २५ प्रतिशतसम्म रहेको बताए । छोटो अवधिको निक्षेपले वित्तीय क्षेत्रमा बारम्बार समस्या दोहोरीरहेकोमा उनले प्रकाश पारे ।

मिडिया इन्टरनेशनलद्धारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक नर बहादुर थापाले बैकिङ क्षेत्रमा टेक्नोलेजि आवश्यक रहेको बताए । थापाले संयुक्त राष्ट्र संघले सन २०२० मा नेपालमा गरिबी लगाएतका १७ वटा समस्या हटाउने लक्ष्य राखेको र सो कुरामा प्रविधिले महत्वपूर्ण भुमीका खेल्ने जानकारी दिए । उनले हरेकको बैकमा खाता रहनु पर्ने तथा प्रविधि मैत्री वातावरणमा सबै रम्न सकेमा मात्र विकास सम्भव हुने बताए । साथै आर्टिफिसियल ईन्टलिजेन्स, फिंगर प्रीन्ट तथा क्लाउड सिस्टम विश्वमा चलिरहेकाले नेपाललेपनि त्यस्ता कुरामा सक्रियता जनाउनु पर्ने उनको तर्क रहेको छ । साथै, यस्ता कुरामा राष्ट्र बैकको भुमिका सहयोगी रहने उनले बताएका छन् ।

कार्यक्रममा बीमा टेक्नोलोजी विज्ञ कुसल रेग्मीले बीमामा प्रविधि प्रयोगको बारेमा प्रस्तुती लिएका थिए । रेग्मीले वर्तमान अवस्थामा नेपालको बीमा क्षेत्रमा आधुनीक देखी पुराना दुवै प्रकारका प्रविधिको प्रयोग भई रहेको जानकारी दिएका थिए । साथै, सफ्टवेर मार्फत बीमितका रेकर्ड राख्दा सहज, विश्वासिलो तथा काम गर्न छिटो हुने उनले बताए । यसरी नै आगामी दिनमा पहिलेका प्रविधिलाई हटाउदै नयाँ सफ्वेर प्रयोगको सुरुवात बीमा क्षेत्रमा गर्न आवश्यक रहेको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.