२०७५ फागुन ८ गते १३:४९ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत ३३ विकास बैंकमध्ये हालसम्म २७ वटा संस्थाले आ–आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । कुल संस्था मध्ये बाँकी ६ वटा संस्थाले भने फागुन लाग्दा पनि अझै साधारणसभा गरेका छैनन् ।
कम्पनी कानुन अनुसार पुस मसान्तभित्र साधारण गरिसक्नुपर्ने छ । त्यसैले, पुस मसान्तभित्र साधारणसभा गर्ने बैंक तथा वित्तीय संस्थाको वित्त प्रणाली र सुशासन पक्ष राम्रो मानिन्छ ।
हालसम्म साधारणसभा नगर्ने ६ संस्थामध्ये तीन कम्पनीले साधारणसभाको मिति घोषणा गरिसकेका छन् भने बाँकी तीन कम्पनीले भने अझै सभाको मिति तय गरेका छैनन् । एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंकले चैतसम्म साधारणसभा गर्ने मिति तय गरेका छन् । उता एनआईडीसी, ओम र वेष्टर्न डेभलपमेन्ट बैंकले भने अझै साधारणसभा गर्ने निधो गरेका छैनन् ।
त्यस्तै, भार्गव विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, देवः विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, ज्योति विकास बैंक, काबेली विकास बैंक, कैलाश विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेनट बैंक, कन्काई विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, सहारा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तिनाउ डेभलपमेन्ट बैंकले फागुन पहिलाे साता अघि नै साधारणसभा बोलाई सकेका छन् ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.