नवनियुक्त राजदुतहरुलाई नेपाल उद्योग वाणिज्य महासंघको बधाई तथा शुभकामना

  २०७५ फागुन ५ गते १५:४८     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न मुलुकहरुमा आफ्नो जिम्मेवारी वहन गर्न जान लागेका नवनियुक्त राजदुतहरुलाई  बधाइ तथा शुभकामना दिएकाे छ । महासंघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त राजदुतहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएकाे हाे ।

वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्बोधन गर्दै ‘समृद्द नेपाल, सुखी नेपाली’को नारा पूरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा विभिन्न मूलकका नेपाली राजदूतहरुले ती देशहरुसँग कुटनीतिक सम्बन्ध मजबुत बनाउनुपर्ने बताइन् ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्दप्रसाद ढकालले राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पूरा गर्नलाई नेपालको व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष पहल गर्न जाेड दिएका छन् । साथै, उनले उद्योग वाणिज्य महासंघ र राजदूतहरु महत्वपूर्ण साझेदार भएको कुरा समेत उल्लेख गरे ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले भने ‘नेपाल उद्योग वाणिज्य महासंघले विश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रचार गर्नुपर्ने छ ।’

संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन जोड दिएका छन् । त्यसैगरी, मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु व्यापारी मात्र नभइ उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए ।

संयुक्त अरब इमिरेटस्काे लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदूत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी र कुवेतका लागि नेपाली राजदूत दुर्गा शर्मा लगायतले आफूहरु आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.