लेबनानकाे आर्थिक विकासका लागि बेलायतले गर्याे २० करोड डलर सहयोग

  २०७५ फागुन २ गते ११:३३     विकासन्युज

लेबनान । संयुक्त अधिराज्य (बेलायत) ले लेबनानलाई २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको छ । आर्थिक सङ्कटले ग्रस्त लेवनानको आर्थिक विकासमा सहयोग गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बताएका छन् ।

लेबनान र बेलायतबीचको दुईपक्षीय सम्बन्ध पहिलेको तुलनामा थप मजबुत बनिरहेको छ र बेलायतले लेबनानको अर्थतन्त्रको विकासका लागि थप सहयोग गर्न चाहिरहेको लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङले भने ।

रामप्लिङले नयाँ सरकार लेबनानी राजासँगको द्वन्द्वमा निष्पक्ष बन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव १७०१ र १०५९ प्रति प्रतिवद्ध बन्नेमा विश्वास गरे । लेबनानको स्थायित्व र सार्वभौमसत्तालाई कूटनीतिक माध्यमबाट सहयोग गर्ने बताउँदै लेबनानको आर्थिक क्षेत्रमा प्रभाव देखिने गरी गम्भीर सुधारका कामहरू हुनेमा बेलायत आशावादी रहेको जानकारी दिएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.