लुम्विनी विकास बैंकद्धारा कास्कीको सहारा एकेडेमीलाई आर्थिक सहयोग

  २०७५ माघ २९ गते १४:२५     विकासन्युज

काठमाडौं । लुम्विनी विकास बैंकले कास्कीको सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । लुम्बिनी विकास बैंकका सञ्चालक सुशिलराज पराजूलीले सहारा एकेडेमीका अध्यक्ष केशवबहादुर थापालाई २,९४,०००को चेक हस्तान्तरण गरेका थिए ।
कास्की जिल्ला पोखरा महा नगरपालिका वडा नं. १७ दोभिल्लामा सहारा क्लबपोखराद्धारा सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न १६ जिल्लाका २८ जना टुहुरा तथा असहाय विद्यार्थीहरुको लागि वर्ष सम्मको दैनिक खाजा व्यवस्थाको लागि सहयोग पुराएको छ ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य व्यवस्थापक तथा कम्पनी सचिव हरिकृष्णा सूवेदी, पोखरा शाखाकाप्रबन्धकहरु प्रकाशचन्द्र पहारी, बलबहादुर थापासाथै सहारा क्लवका पूर्व अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिती थियो ।

उक्त रकम हस्तान्तरण गर्दै बैंकका सञ्चालक सुशिलराज पराजुलीले लुम्बिनी विकास बैंकले सहारा लवलाई विगत देखि विभिन्न किसिमले सहयोग गर्दै आईरहेको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.