पूर्वाधार विकास बैंककाे अधिकार क्षेत्र वाणिज्य बैंक सरह, न्यूनतम चुक्ता पुँजी मात्र २० अर्ब

  २०७५ माघ २८ गते १७:०२     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले पूर्वाधार बैंकहरुका लागि निर्देशन जारी गरेको छ । ‘घ’, ‘ख’ र ‘ग’ क्रमशः वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी एकीकृत निर्देशन र ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई छुट्टै निर्देशन जारी गर्ने गरेको नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको रुपमा आएको नेपाल पूर्वाधार विकास बैंकलाई सञ्चालन अनुमति प्रदान गरेसँगै सोमबार यस्तो निर्देशन जारी गरेको हो ।

१९ ओटा बुँदामा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनअनुसार पूर्वाधार विकास बैंकहरुको न्यूनतम चुक्ता पुँजी २० अर्ब रूपैयाँ तोकिएको छ । इन्भेष्टमेन्ट, नबिल, नेपाल बैंक, राष्टिय वाणिज्य बैंकहरूकाे काेर क्यापिटल २० अर्ब भन्दा बढी भएकाे बेलामा पूर्वाधार विकास बैंककाे पुँजी जम्मा २० अर्ब रूपैयाँ ताेकिएकाे छ । निक्षेप संकलन, कर्जा प्रवाह, क्यापिटल एडेक्वसी, सीसीडी रेसियाे वाणिज्य बैंकलाई सरह छ । तर पूर्वाधार विकास बैंकहरुले पूर्वाधार विकासको क्षेत्रमा मात्र लगानी गर्न पाउने गरी क्षेत्र निर्धारण गरिएको छ ।

पूर्वाधार विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुले झैं संस्थागत तथा व्यक्तिगत निक्षेपकर्ताहरुबाट चल्ती, बचत र मुद्दती खातामार्फत् ऋण लिन पाउने व्यवस्था गरिएको छ । मुद्दती खाताको धितोमा त्यस्ता संस्थाहरुलाई ऋण दिने सुविधा भने नेपाल राष्ट्र बैंकले यस्तो बैंकहरुलाई खुल्ला गरिदिएको छ ।

पूर्वाधार विकास बैंकहरुले निक्षेप र कर्जाको व्याजदर आफैं तोक्न पाउने भएका छन् । तर अन्य बैंकहरुले जस्तै यो बैंकले पनि सीसीडी अनुपात र स्प्रेडदर भने कायम गर्नुपर्नेछ ।

पूर्वाधार बैंकहरुले जोखिम भारित सम्पत्तिकोे ११ प्रतिशत न्यूनतम पूँजीकोष अनुपात कायम गर्नुपर्ने र त्यसो नभए शीघ्र सुधारात्मक कारबाही नियमावलीबमोजिम कारबाही हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै पूर्वाधार बैंकहरुले ‘क्यापिटल एक्विडेसी फ्रेमवर्क २०१८’ अनुसार नै पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.