नाफामा राप्ती प्रादेशिक अस्पतालमा सञ्चालित फार्मेसी

  २०७५ माघ २८ गते १३:०२     विकासन्युज

काठमाडौं । सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ महीनामा रु साढे ७ लाख बढी आम्दानी गर्न सफल भएको छ । अस्पतालका फार्मेसी इन्चार्ज सुलभ अधिकारीका अनुसार चालू आर्थिक वर्षको पुससम्म रु ७ लाख ५६ हजार १७८ नाफा कमाउन सफल भएको छ ।

कर्मचारीको तलब, अन्य खर्च कटाएर उक्त नाफा गर्न सफल भएको अधिकारीको भनाइ छ । चालू आर्थिक वर्षको ६ महीनामा बिरामीलाई रु ८ लाख ६६ हजार ८४० छुट प्रदान गरिएको छ । सबै सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएपनि राप्ती प्रादेशिक अस्पतालमा पनि २०७३ माघमा सञ्चालनमा आएको हो । अस्पतालमा फार्मेसी सञ्चालन भएदेखि अहिलेसम्म करीब रु १४ लाख ४३ हजार ३८८ बचत रहेको उनकाे रहेकाे छ । फार्मेसी सञ्चालनमा आएदेखि अहिलेसम्म रु ३६ लाखभन्दा बढी बराबर बिरामीलाई छुट दिएको जनाएका छन् ।

अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत बन्ने गरेको उनको भनाई रहेको छ । औषधिको प्रकारअनुसार पाँचदेखि ५० प्रतिशतसम्म छुट पाउने गरेका छन् । अहिले फार्मेसीमा करीब ९०० प्रकारका औषधि उपलब्ध रहेको अधिकारीले बताए । निजी अस्पताल भन्दा सस्तोमा औषधि पाउन थालेपछि फार्मेर्सीको काउण्टरमा भीड लाग्ने गरेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताएका छन् । अस्पतालको फार्मेसीबाट दैनिक रु ५० हजार बराबरको औषधि बिक्री हुन्छ ।

नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्षसमेत रहनुभएका अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्नेसमेत बताउनुभयो । उहाँका अनुसार प्रत्येक स्थानीय तहमा फार्मेसी सञ्चालन भए पनि फार्मेसीको दक्ष जनशक्ति नहुँदा अनुमानको भरमा औषधि दिने गरिएको छ ।

अहिले फार्मेसी सञ्चालनका लागि दुई कोठामात्रै भएकाले सेवा प्रदान गर्न समस्या हुने गरेको फार्मेसी इन्चार्ज सुलभ अधिकारीले भने । औषधि स्टोरका लागि दुई कोठामा मात्रै असहज भएकाले स्टोरका लागि थप कोठा आवश्यक भएको बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.