४७० जना बिरामीहरुमा इन्फ्लूएंजा भेटियो

  २०७५ माघ २७ गते १४:४१     विकासन्युज

काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट प्राप्त तथ्यांक अनुसार घाँटीको र्‍याल नमुना परिक्षण गरिएकोमा ४७० जना बिरामीहरुमा इन्फ्लूएंजा भएको प्रमाणित भएको छ।

२०७५ मंसिर महिना देखी माघ २९ सम्म १०३९ जना बिरामीहरुको घाँटीको -यालको नमुना परिक्षण गरिएको थियो। ती मध्ये ४०९ जनामा ईन्फ्लुन्जा ए एच वान एन वान ( pdm 09), १५ जनामा इन्फ्लूएंजा ए एच ३ र ४६ जनामा इन्फ्लूएंजा बि भएको भेट्टाईएको छ।

गत पौष महिना देखी माघ २३ सम्ममा काठमाडौँका अस्पतालहरुमा इन्फ़्लुएन्जा रोग प्रमाणित ६ जना व्यक्तिको जटिलता भई मृत्यु भएको थियो। संकलन गरिएको ६ जना मृतकको नमुनाको परिक्षण गर्दा सबैमा इन्फ्लूएंजा नेगेटिभ पाइएको थियो।

हाल इन्फ्लूएंजा रोगको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, ललितपुरमा निशुल्क रुपमा भईरहेको छ। इन्फ्लूएंजाका बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने एन्टी भाईरल औषधि Tamiflu (Oseltamivir) दैनिक रुपमा महाशाखाले विभिन्न सरकारी तथा निजी अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको छ। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.