लक्ष्मी बैंकको नयाँ शाखा हाँडीगाउँ र पेप्सिकोलामा

  २०७५ माघ २१ गते १३:२२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६२ शाखामार्फत विभिन्न जिल्लाहरुमा हाल कूल रु ३ अर्ब भन्दा माथिको लघुकर्जा सुविधाप्रदान गरेको छ ।

बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्रबोर्डबाट इजाजत लिएर विभिन्न बैंकिङ्ग सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्वििटि फण्ड नाम कम्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७४/७५ मा रु. ६७ं.७४ अर्ब निक्षेप र रु.६२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु.८१ अर्ब रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.