वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी सिफारिस

  २०७५ माघ ६ गते १८:०९     विकासन्युज

काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्ति आयोगका अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ । आइतबार बसेको परिषद बैठकले समावेशी आयोगमा पुर्व अर्थ सचिव शान्तराज सुवेदीलाई सिफारिस गरेको हो ।

पौडेलले यस अघि स्थानीय तह पुनंसरचना आयोगको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी स्थानीय स्वशासनका विज्ञ मानिन्छन् ।
यसैबिच समावेशी आयोगमा सिफारिस भएका सुवेदी पुर्व अर्थ सचिव हुन् ।

मधेशी आयोगको अध्यक्षमा डा. विजय कुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद थारु र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.