५४ औं वार्षिकोत्सव मनाउँदै राष्ट्रिय वाणिज्य बैंक, यसरी साकार पार्दैछ समृद्ध नेपालको सपना

  २०७५ माघ ५ गते १५:०४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा सस्तो कर्जा प्रवाह गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ५४ औं वार्षिकोत्सव मनाउँदैछ । २०१९ सालमा स्थापना माघ १० गते स्थापना भएको बैंकले एक सातासम्मै विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको हो । सो अवसरमा बैंकले शनिबार प्रभातफेरी आयोजना गरेको छ ।

शुक्रबार बैंकले आफ्नै केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको थियो । बैंकले खेलकुद, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबारको प्रभातफेरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरु समेत संलग्न भएको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक ‘क’ वर्गका बैंकहरुमध्ये सबैभन्दा कम आधार ब्याजदर भएको बैंक हो । बैंकको आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा ६.३ प्रतिशत आधार ब्याजदर छ । आधार ब्याजदर कम हुँदा बैंकबाट कर्जा लिनेले सस्तो ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६४ अर्ब निक्षेप संकलन गरी १२३ अर्ब कर्जा प्रवाह गरेको छ । कुल २०७ शाखा, १७ एक्स्टेन्सन काउन्टर, ९३ शाखारहित बैंकिङ र १६५ एटिएम सहितको शाखा सञ्जाल छ ।

सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकले हालै मात्र ३ प्रतिशत भन्दा कमसम्ममा सरकारले प्रदान गर्दै आएको सहुलियत कर्जा दिन सुरु गरेको छ । त्यस्तो कर्जामा ५ प्रतिशत सरकारी सहलियत प्राप्त हुने बैंकले जनाएको छ । सस्तो एवं सहुलियत कर्जा दिनुका साथै सरकारले ल्याएका लोक कल्याणकारी कार्यहरुलाई लागु गराउन बैंकले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसले समृद्ध नेपालको सपनालाई पूरा गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.