योजना जनतासंग जोडिनुपर्छ, मुख्यमन्त्री पौडेल भन्छन्- गरीब जनतालाई धनी बनाउँछौं

  २०७५ माघ ४ गते १८:२७     विकासन्युज


हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले योजनाहरु प्रत्यक्षरुपमा जनतासंग जोडिनु पर्ने बताएका छन् । एसियाली विकास बैंकद्वारा शुक्रबार हेटौंडामा आयोजित संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालाहरुसंगको छलफल र परामर्श कार्यक्रममा बोल्दै जनतासंग सम्बन्धित योजनाहरु सञ्चालन गर्न आबश्यक रहेको बताए ।

संघीय, प्रदेश तथा स्थानीय सरकारहरुले लगानी पनि प्राथामिकताका आधारमा गर्नुपर्ने धारणा ब्यक्त गरे । संघीयतापछि कामको प्राथामिकता पनि फरक भएको यसमा तीनै तहको सरकारको समन्वय आबश्यक भएको बताए ।

प्रदेश सकारले धेरै काम गरिहेको भन्दै अब जनताको बीचमा धेरै कुराहरु पुर्याउनु पर्ने आबश्यकता रहेको बताए । प्रदेश सरकार समृद्धि सहितको विकास चाहेको उल्लेख गर्दै उनले सरकारको हरेक बिकासका पाईलाहरु ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने तर्फ अग्रसर हुनुपर्ने बताए ।

नेपालका प्रदेशहरु मध्ये ३ नम्बर प्रदेश विभिन्न स्रोत साधन तथा अन्य हिसाबले पनि धनी भएको उनको भनाई थियो । ३ नम्बर प्रदेश सबैथोकमा धनी भएरपनि जनतामा गरीबी भएकोले यसको अन्त्य सरकारको पहिलो लक्ष्य भएको बताए । रोजगारीको क्षेत्रमा लगानी गर्ने वातावरण गरी जनतालाई उत्पादनसंग जोड्न आबश्यक रहेको पनि उनको भनाई थियो ।

लगानी गरिएको क्षेत्रमा कति प्रतिफल भयो भन्ने मूल्यांकन गरिनु पर्ने भन्दै उनले थप लगानीहरु भित्र्याउनु पर्ने धारणा राखे । एडीबीले लगानीको क्षेत्रलाई परिवर्तन गरि उत्पादनक्षेत्रमा लगानी गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावगरण मन्त्री अरुण नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेश सभाका सांसदहरु, ३ नम्बर प्रदेशका स्थानीय तहका प्रमुखहरु, एडिबी नेपाल आवासीय नियोगका मुख्तोर हामुदखानोभ, प्रमुख अर्थशास्त्री शरद भण्डारीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.