माछापुच्छ्रे बैंकको एकैसाथ ३ नयाँ शाखा

  २०७५ माघ ४ गते १२:५१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले छुट्टा छुट्टै ३ स्थानमा नयाँ शाखाको शुरुवात गरेको छ । काठमाडाैं स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेसँगै, तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडाैं महानगरपालिका स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द«प्रसाद महताले गरेका हुन् । बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।

बैंकका सात प्रदेशमा ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहकहरुमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । हाल देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.