कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिर ढुङ्गाना

  २०७५ माघ ३ गते १७:१०     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुङ्गाना नियुक्त भएका छन् । मन्त्रीपरिषद्को गत पुस २९ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव ढुङ्गानालाई कोषको अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

कर्मचारी सञ्चय कोष ऐन २०१९ (आठौं संशोधन २०५३) ले कोषको अध्यक्षमा सरकारबाट नियुक्त कुनैपनि व्यक्ति कोषको अध्यक्ष रहने प्रावधान छ । सोही बमोजिम कोषमा ढुङ्गानालाई अध्यक्ष नियुक्त गरिएको हो ।

ढुङ्गाना यसअघि पनि काेषकाे अध्यक्ष थिए । अर्थ मन्त्रालयबाट सरुवा भए पनि उनलार्इ अध्यक्षकाे जिम्मेवारीमा निरन्तरता दिइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.