फर्स्ट माइक्रोफाइनान्सले बढायो १८ प्रतिशत नाफा, विवरण प्रकाशनमा ‘फर्स्ट’ बन्दै देखायाे सकारात्मक सूचक

  २०७५ माघ १ गते ८:३८     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १८ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा लघुवित्तकाे उक्त परिमाणकाे नाफा वृद्धि देखिएकाे हाे । वित्तीय विवरण प्रकाशनमा सदाझैं पहिलो बन्दै लघुवित्तले त्यस्तो रिपोर्ट सार्वजनिक गरेको छ ।

प्रकाशित रिपोर्टअनुसार लघुवित्तले पुस मसान्तसम्म ५ करोड ६३ लाख १६ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४ करोड ७६ लाख ९७ हजार रुपैंया खुद मुनाफा कमाएको थियो ।

नाफामा उल्लेख्य सुधार गरे पनि लघुवित्तले प्रतिशेयर आम्दानीमा भने सुधार गर्न सकेन । अघिल्लो वर्ष २० रुपैंयाभन्दा बढी प्रतिशेयर आम्दानी भए पनि पुँजी वृद्धिका कारण यो दर १६.४६ रुपैंयामा सीमित भएको छ ।

उक्त नाफा र मसान्तको बजार मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात २२.८५ छ भने नेटवर्थ १२२.३६ रुपैंया, पुँजी पर्याप्तता अनुपात १५.६३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात शुन्य प्रतिशत कायम छ । लघुवित्तले एक वर्षको अवधिमा कर्जा लगानी ३ अर्ब ७१ लाखबाट बढाएर ४ अर्ब ६८ करोड पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.