नेपाल एसबिआई बैंकको १५.७९ प्रतिशत लाभाशं पारित, सञ्चालकमा गौतम नियुक्त

  २०७५ पुष ३० गते १७:२८     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न उक्त सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा २७६ करोड १७ लाख रुपैयाँ संचालन मुनाफा र २०२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ ।

त्यस्तै, गत आइतबार(पुस २९ गते) सम्पन्न बैंक सञ्चालक समितिको बैठकले सञ्चालक पदमा अर्जुनकुमार गौतमलाई नियुक्त गरेकाे छ । साथै, सोही पदमा कार्यरत दीपक रौनियारले सोही मितिदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.