सिटिजन्स बैंकको वार्षिक साधारण सभा सम्पन्न, २९ करोड बोनस शेयर दिने प्रस्ताव पारित

  २०७५ पुष ३० गते १७:०५     विकासन्युज


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा पुस ३० गते संचालक समितिका अध्यक्ष डा.शंकरप्रसाद शर्माको अध्यक्षतामा काठमाडौँकोे लैनचौर बैँक्वेटमा सम्पन्न भयो ।

साधारणसभाले आव २०७४÷७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी उक्त प्रतिवेदन पारित गरेको छ । बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई रु.२९,१४,४५,७७३(करीव ३.६ प्रतिशत) बोनस शेयर तथा रु. १३,१३,५५६,१४३ (करीव १.६ प्रतिशत) नगद लाभांश दिने भएको छ । सभाका अध्यक्ष शर्माले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.