चौधरी फाउण्डेसनले नेपालमा पाँच सय व्यक्तिलाई कृतिम खुट्टा उपलब्ध गराउने

  २०७५ पुष २९ गते १९:२४     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टावितरण शुरू गरेको छ । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाउनु परेका नागरिकहरू यसबाट लाभान्वित हुनेछन् ।

आईतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृतिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरे । उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जिव सि“ह पुरी, भगवान महाविर विकलांग सहायता समिति (विएमभिएसएस)का फाउण्डर डा. डि. आर. मेहता, समितिका निर्देशक शतिस मेहता लगायतका महानुभावहरूको उपस्थिती रहेको थियो ।

चौधरी फाउण्डेसनले विएमभिएसएस स“गको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गतेसम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो सेवा उपलब्ध हुनेछ । दुवै ठाउँबाट ५०० व्यक्तिहरूका लागि कृतिम खुट्टा उपलब्ध गराउने योजना छ । यो सेवा पूर्ण रुपमा निःशुल्क उपलब्ध गाइएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृतिम खुट्टा उपलब्ध गराउने विशेष सेवा उपलब्ध गराएर चौधरी फाउण्डेसनले संवेदनशिल मानवीय सेवाको काम गरेको बताए । यस्तो सेवालाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट आवस्यक सहयोग गर्ने उनले बताए ।

फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताउदै व्यवसायिक सफलताका लागि समाजबाट आफूले धेरै कुरा प्राप्त गरेको भन्दै अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताए । ‘मलाई नेपाली समाजले धेरै कुरा दिएको छ । त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने । ‘अहिले म व्यवसायमाभन्दा सामाजिक सेवाकाकामहरूलाई प्राथमिकतामा राखेको छु । कृतिम खुट्टाउपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो ।’

अध्यक्ष चौधरीले नेपालमा स्थाई रुपमा कृतिम खुट्टा उपलब्ध गराउने योजना कार्यान्वयनका लागि सरकारस“ग सहकार्यको प्रस्ताव पनि गरेका छन् । सरकारको साथ पाएमा आफुले दिगो रुपमा यो कार्यक्रम नेपालमा संचालन गर्ने र सेवा आवस्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास उनले व्यक्त गरे । एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता रहेको छ ।

‘खुट्टा गुमाएका व्यक्ति हिडडुल गर्नन सक्ने मात्रै होइन । उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ’ अध्यक्ष चौधरीले भने, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो ।’

नेपालका लागि भारतीय राजदूत पुरीले एउटा व्यक्तिले कृतिम खुट्टापाउनु भनेको उसले नया“ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानव सेवाको काममा संगल्न भएकोमा चौधरी फाउण्डेसन र बिएमभिएसएसलाई धन्यवाद दिए ।

कार्यक्रममा विएमभिएसएसका फाउण्डर डा. डि आर मेहताले जयपुर फुट्सका कृतिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भएकोमा आफुलाई गौरवको महसुस हुने बताए । जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो । र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित सस्था पनि हो । अमेरिकी टाईम म्यागेजिन यस सस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने सस्थाका रुपमा अवार्ड गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.