नेपालगञ्ज नाका बन्द गर्ने भारतीयहरुको चेतावनी

  २०७५ पुष २८ गते १३:०६     विकासन्युज

काठमाडौं । नेपालगञ्जका सीमावर्ती भारतीयहरुले नेपालगञ्जस्थित रुपैडिया नाका बन्द गर्ने चेतावनी दिएका छन् । नेपालले भारतीय भूमिबाट नेपाल आउने दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाएपछि आक्रोशित सीमावर्ती स्थानीयहरुले बाँकेका भन्सार कार्यालयमा प्रमुख शान्तिराम निरौलालार्ई ज्ञापनपत्र बुझाउँदै त्यस्तो चेतावनी दिएका हुन् ।

भारतबाट नेपाल भित्रने दुध गुणस्तरहीन भएको गुनासो बढेपछि बिहीबारदेखि नेपालले आयातमा कडाई गरेको थियो । नेपालले दुध परीक्षण गरेर ५ प्रतिशत भन्सार तिरेपछि मात्र नेपालमा दुध प्रवेश गर्न दिन थालेपछि उनीहरुले दिदिनै दुध परीक्षण गराउन र भन्सार तिर्न नसक्ने बताउँदै आएका छन् ।

उता नेपाली पक्षले भने भारतबाट दुध आयातमा कडाई गर्ने कार्यायको निर्णयको सगत गरेका छन् । उनीहरुले ५ प्रतिशत भन्सारले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बन्न सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.