जग्गाको कित्ता काट खुल्यो, कृषियोग्य जमिन चलाउन नपाइने

  २०७५ पुष २७ गते १६:२२     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले जग्गाको कित्ता काट खुल्ला गरेको छ । २०७४ साउन २६ गते देखि रोकिएको जमिनको कित्ता काट खुल्ला गरिएको हो ।
भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गाको कित्ता काट फुकुवा गर्न पुस २५ गते नै मन्त्री पद्मा कुमारी अर्याललाई सिफारिस गरिएको जानकारी दिए ।

स्थानीय तहले कृषि योग्य जमिन होइन भन्ने सिफारिस गरेपछि सम्बन्धीत नापी कार्यालयले कित्ता काट गर्ने पनि उनले जानकारी दिए ।
विचौलियाले चलखेल गरेर कित्ता काट गराएको, अंश वण्डामा समेत कित्ता काँट गराउँदा विचौलिया हावी भएको लगायतका कारण देखाउँदै मन्त्री अर्याल कित्ताकाट खोल्ने निष्कर्षमा पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.