कैलाश विकास बैंकको शाखा बुटवलमा

  २०७५ पुष २६ गते १९:०८     विकासन्युज


काठमाडौँ । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरी मिति पुस २६ गते बिहिबारदेखि औपचारिक कारोकार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता रहेको उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्णप्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगायतले बोलेका थिए ।

नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको यस बैकले हाल सम्म २६ अर्व निक्षेप संकलन गरी २३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.