कुमारी बैंक ‘आइएमई पे’ वालेटमा आवद्ध

  २०७५ पुष २६ गते १७:२८     विकासन्युज

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।

साथै, बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने काम शुरु भएको छ । कुमारी बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.