‘हेपाटाइटिस बी’ को औषधि नेपालमै उत्पादन सुरु

  २०७५ पुष २६ गते १७:०१     विकासन्युज

काठमाडौं। नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले हेपाटाईटिजी बीका लागि महत्वोपूर्ण औषधी इन्टेकाभिर (Entecarvir) को उत्पादन नेपालमै सुरु भएको छ।

हेपाटाइटिस बीको नेपालमा बढ्दो प्रकोपलाई मध्यनजर गर्दै म्याग्नसले इन्टेका–बी (Enteca -B) ब्रान्ड नेमका साथ ‘इन्टेकाभिर’ (Entecarvir ) बजारमा ल्याएको छ।

नेपालमा कुल जनसंख्याको लगभग १ प्रतिशतमा हेपाटाइसिटस बीको संक्रमण भएको अनुमान छ । समयमा उपचार नगरे हेपाटाइटिस बीले कलेजो सिरोसिस र कलेजोको क्यान्सर गराई मानिसको मुत्यु हुनसक्छ।

इन्टेका–बी (Enteca -B) ले हेपाटाइसटिस बी भाइरसको प्रतिकृति (रेप्लिकेसन)लाई रोक्छ, जसले गर्दा हेपाटाइटिस बी भाइरस शरीरमा बढ्न पाउँदैन र रोगको रोकथाम हुन्छ।

सामान्यतया हेपाटाइटिस बीको उपचार अति लामो समयसम्म गर्नुपर्ने हुँदा रेजिस्टेन्सको विकास भई भाइरसले औषधिलाई निष्क्रिय पार्दिन सक्छ। इन्टेका–बी हेपाटाइटिस बीका लागि प्रयोग गरिने औषधिमध्ये सबैभन्दा कम रेजिस्टेन्सको विकास हुने औषधि हो।

साथसाथै, मिर्गौलामा पनि यस औषधिले कुनै पनि नकारात्मक असर नगर्ने हुँदा इन्टेका–बी हेपाइटाइटिस बीका लागि उपयुक्त र सुरक्षित औषधिका रुपमा लिइन्छ।

कम्पनीका बजारप्रबन्धक सुधीरप्रकाश मास्केका अनुसार औषधि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित अघि बढिरहेको म्याग्नसले नयाँ उत्पादनका रूपमा हेपाटाइटिसको औषधिलाई रोजेको हो ।

कम्पनीले यसअघि हेपाटाइटिस सीको नयाँ औषधि सोफोसबूभीर (Sofosbuvir) लाई ब्रन्ड नेम सोफूभीर (Sofuvir) र हेपाटाइटिस बीकै अर्को महत्वपूर्ण औषधि टेनोफोभीर (Tenofovir) लाई ब्रान्ड न्याम टेनोफ (Tenof )का साथ बजारमा ल्याइसकेको छ ।
इन्टेका बी (Enteca -B) ०.५ र १ एमजीमा उपलब्ध छ, जसको हाल बजारमूल्य ९० र १ सय ६० रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.