युनाइटेड फाइनान्सको सञ्चालक समिति सदस्यमा अधिकारी नियुक्त

  २०७५ पुष २५ गते १३:२८     विकासन्युज

काठमाडौँ । युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा रोशन अधिकारी नियुक्त भएका छन् ।

पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले राहुल इन्फ्रास्ट्रक्चर(नेपाल) प्रालिको तर्फबाट अधिकारीलाई सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिका सदस्य सञ्जु अधिकारीले दिएको राजीनामा बैठकले स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव शेषकुमार ढुंगानाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.