सुधिर बस्नेतको सम्पति जफत सुरु, श्रीमतिको पौने ४ करोडको सेयर लिलामीमा

  २०७५ पुष २५ गते ९:११     विकासन्युज

काठमाडौं । विवादास्पद व्यवसायी सुधिर बस्नेतको सम्पति लिलामी प्रक्रिया सुरु भएको छ । ग्लोबल आईएमई बैंकमा बस्नेतकी श्रीमति नितु थापा बस्नेतको नाममा रहेको संस्थापक तथा साधारण सेयर लिलामी प्रक्रिया अघि बढेको छ ।

ऋण असुली न्यायधिकरणले बस्नेतकी श्रीमतिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको संस्थापक र साधारण सेयर लिलामी गर्न लागेको हो । बस्नेतकी श्रीमतिको नाममा संस्थापक तर्फ १ लाख ३६ हजार २ सय ३३ कित्ता सेयर र साधारण तर्फको ५० हजार ३ सय ८७ कित्ता सेयर लिलामी गर्न लागेको हो ।

लिलामीबाट ३ करोड ८२ लाख, २७ हजार २ सय ४ रुपैंयाँ असुलिनेछ । ग्लोबल आईएमई बैंकको संस्थापक सेयरका लागि प्रति कित्ता मूल्य १८० रुपैंयाँ तोकिएको छ भने साधारण सेयरको मूल्य २७२ रुपैंयाँ तोकिएको छ ।

ग्लोबल आईएमई बैंकले आफ्नो ऋण नतिरेपछि बस्नेतको सेयर जफत गर्न ऋण असुली न्यायाधिकरणमा मुद्धा हालेको थियो ।
अबको १५ दिनभित्र ३ हजार रुपैंयाँको फारम खरिद गरेर आफुले खरिद गर्न चाहेको सेयरको १० प्रतिशत रकम धरौटी बुझाउनुपर्नेछ । व्यक्ति वा फर्म जो सुकैले लिलामिकोे सेयर खरिद गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.