ललितपुरका सडकमा स्मार्ट लाइट, मान्छे धेरै हुँदा पूर्ण क्षमतामा बल्ने, मान्छे कम हुँदा बिस्तारै निभ्ने

  २०७५ पुष २४ गते १६:२१     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १८ महिनासम्म देखिने गरी काम गर्न नसकेको स्वीकार गरेका छन् । पत्रकारसँगको भेटमा मेयर महर्जनले कानूनी झमेलाको कारण काम गर्न नसकिएको बताए ।

मेयर महर्जनले भने–अब हामी देखिने गरी काम गर्दैछौं । महानगरको सबै सडकमा स्मार्ट लाईट राख्ने काम प्रमुखताका साथ गर्छौँ–मेयर महर्जनले भने । उनका अनुसार स्मार्ट लाइट नेपालमै पहिलो पटक ललितपुर महानगरले प्रयोग गर्न लागेको हो ।

महानगरले विद्युत प्राधिकरणसँगको सहकार्यमा सडक लाइट प्रयोग गर्न लागेको हो । लाइट पूर्णरुपमा अटोमेटिक हुनेछ । मानिसहरुको संख्या धेरै भएको बेलामा लाइट पूर्ण क्षमतामा बल्नेछ भने मानिसको संख्या कम भएसँगै बिस्तारै निभ्ने छ ।

लाइटले रातिको समयमा इबोस्ड नम्बर प्रयोग गरिएको सवारीको समेत रेकर्ड राख्नेछ । लाइट राख्नका लागि महानगरले जनवरी २२ तारिखमा बोलपत्र आव्हान गर्ने भएको छ ।

७९ जनालाई महानगरमा रोजगारी
महानगरले ७९ जनालाई रोजगारीको दिए भएको छ ।महानगरलाई प्राप्त अधिकार अनुसार २९ जना इन्जिनियर र ५० जनालाई नगर प्रहरीमा रोजगारी दिन लागेको हो । खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरी र इन्जिनियर लिने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.