कामना सेवा विकास बैंकको ६२ औं शाखा कलंकीमा

  २०७५ पुष १६ गते १६:०८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको कलंकीमा नयाँ शाखा विस्तार गरेको छ । ६२औं शाखा स्थापना गरि कारोबार सुरुवात गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको सुरुवात गरेका हुन् ।

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.