ज्योति विकास बैंक र ग्राण्डि हस्पिटलबीच सेवा तथा सुविधा सम्बन्धि सम्झौता

  २०७५ पुष १३ गते १४:४६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटल धापासी, काठमाण्डौं बीच सहकार्य सम्झौता भएको छ । बैंकका तर्फबाट बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध रहेको छ ।

आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

यस बैकले हाम्रो विकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै  सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.