कसरी अभिभावकलाई आफ्नो समस्या बताउने र बुझाउने ?

  २०७५ पुष १० गते १६:३५     विकासन्युज

काठमाडौं। धेरै बुवाआमाहरुले आफ्नो बच्चाहरुको मनको कुरा बुझ्न सकिरहेका हुँदैनन। छोराछोरीहरुले आफ्नो समस्या भएका कुराहरु भन्दा पनि उनिहरुले त्यसमा खासै ध्यान दिईेएको पनि पाईदैन। बुवाआमालाई आफ्नो कुरा बुझाउन धेरैलाई हम्मे हम्मे पर्ने गर्छ। सबैभन्दा पहिला सबैको अभिभावक एकै किसिमका हुँदैनन। कसैको कुरा नभनी बुझ्ने हुन्छन् भने कसैले जति भने पनि बुझदैनन्। यो ब्यक्ती ब्यक्तीमा फरक पर्न जान्छ।

कोही अभिभावक आफ्नो कुरा पनि बच्चाको अगाडि खुलेर राख्दैनन् र बच्चाहरुलाई पनि आज विधालयमा के गर्यौ, खाजा के खायौ, घरमा के गर्यौ भनेर पनि सोध्दैनन। यस्तो हुँदा अभिभावक र छोराछोरी बिच दुरी बढ्दै जान्छ जसको कारणले आफुलाई आईपर्ने समस्याको बारेमा बच्चाहरुले खुलेर अभिभावकलाई भन्न झक्झकाउँछन्न। जो आभिभावक बच्चाहरुलाई धेरै बोल्न दिदैनन् र आफ्नो मात्रा कुरा सुन्न भन्छन्, यस्ता अभिभावकलाई छोराछोरीले कुरा बुझाउन निकै नै अफ्ठेरो हुने गर्छ।जुन बच्चा आफ्नो आमाबुवाको धेरै सम्मान गर्छ, उहाँहरु बोल्दा बोली फर्काउन सक्दैन, सोझो छ त्यस्ता ब्यक्तीलाई आफ्नो बुवाआमालाई सम्झाउन गार्हो हुन्छ। मनमा जे आयो त्यही बोल्नेहरुलाई यस्तो कुरामा खासै समस्या पर्दैन।

जसलाई आफ्नो समस्या अभिभावकलाई भन्न गार्हो हुन्छ उनीहरुले यि कुरालाई अप्नाए आफ्नो कुरा अभिभावकलाई राम्रोसँग राख्न सक्छन्।

के गर्ने ?

बुझन् नखोज्ने आमाबुवालाई सम्झाउनको लागि तपाईंले सबैभन्दा पहिला तपाईंको ब्यक्त गर्ने शैलीमा परिवर्तन ल्याउन जरुरी छ। तपाईंलाई मानसिक पिडा छ वा अरु कुनै समस्या छ भने सबैभन्दा पहिला आफ्नो मिल्ने साथीहरुसँग कुरा गर्नुहोस् अझै घर आईरहने साथीसँग आफ्नो कुरा राख्नुहोस् धेरै समयमा अभीभावकहरुले तपाईको कुरा नसुनेर तपाईंको साथीको कुरा सुन्ने गर्छन्। अथवा बिधालयामा आफ्नो शिक्षकसँग कुरा गर्नुहोस् किनभने आमाबुवाले शिक्षकको कुरामा पनि विश्वाश गर्नेगर्छन्।

के नगर्ने ?

१। सिधै मलाई त डिप्रेसन छ भनेर कहिले पनि नभन्नुहोस्। यसो भन्दा प्राय आमाबुवाले तँलाई किन के चिन्ता परेको छ, हामीले सबै गर्देको छौ, तेरो काम पढ्ने हो तँ पढ् र भनेर भन्नुहुन्छ।

२। यदी आफ्नो बुवाआमा त्यस्तै नबुझ्ने हुनुहुन्छ भने सर्वप्रथम त तपाईंलाई के कस्तो समस्या भईरहेको छ त्यसको एउटा लिस्ट तयार पार्नुहोस्। लिस्ट बनाउँदा लक्षणहरु लेख्नुहोस् र त्यस लक्षणले आफुलाई कस्तो असर गरेको छ त्यो सबै लेख्नुहोस् र ति लक्षणहरु किन सामान्य होईनन् त्यो पनि लेख्नुहोस्।

उदाहरणको लागि- यदी तपाईंलाई निन्द्रा लागेको छैन भने तपाईंलाई कति दिन देखी कति समय निन्द्रा लागेको छैन त्यसकुरालाई स्पस्ट पार्नुहोस्। निन्द्रा सामान्य रुपमा धेरैलाई लागिरहेको हुँदैन तर तपाईलाई निन्द्रा नलाग्नु सामान्य होईन भनेर स्पस्ट पार्नुहोस्। एक दिन-दुई दिन निन्द्रा नलाग्नु सामान्य हुनसक्छ तर २-३ हप्ता सम्म निन्द्रा नलाग्नु सामान्य हुनसक्दैन।

३।  मलाई डिप्रेसन छ भनेर भन्नु भन्दा पनि मैले चिन्ता लिनु पर्ने बिषय केही पनि छैन त्यै पनि म चिन्ता लिईरहेको हुन्छु भनेर भन्नुहोस्। म भित्रै देखी खोक्रो महसुस गरिरहेको छु तर थाहा छैन किन भईरहेको छु भनेर भन्नुहोस्। त्यसो भनेपछी बुवाआमाले भन्ने बाटो केही पनि हुँदैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.