खाडी मुलुकमा रहेका घरेलु कामदारको संख्या पत्ता लगाउन समितिको निर्देशन, श्रममन्त्री विष्ट र साँसदबीच किन भयो चर्काचर्की ?

  २०७५ पुष ९ गते १४:४१     विकासन्युज


काठमाण्डौ । प्रतिनिधि सभा अन्तगरतको उद्योग, बाणिज्य तथा श्रम समितिले विदेशमा रहेका कानूनी र गैर कानूनी घरेलु कामदारको संख्या पत्ता लगाउन निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा सभापति बिमल श्रीवास्तवले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

बैकमा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सहभागी रहेका थिए । बैठकमा समितिका सदस्य सांसदहरुले खाडी मुलुकबाट छुट्टीमा आएका घरेलु महिला कामदारहरुलाई फर्कन दिनु पर्ने कुरा उठाएका थिए ।

तर, मन्त्री विष्टले खाडी मुलुकमा घरेलु कामदार रोकिएको अवस्थामा छुट्टीमा आएको भएपनि जान दिन नसकिने बताएका थिए । मन्त्रीले कुनैपनि हालतमा खाडी मुलुकमा घरेलु महिला कामदारलाई जान नदिने अडान राखेपछि मन्त्री विष्ट र सांसदहरुबीच चर्काचर्की भएको थियो ।

खाडी मुलुकमा रहेका एक हजार घरेलु महिला कामदार छुट्टीमा नेपाल आएका र अहिले उनीहरु फर्कन पाएका छैनन् । समितिको बैठकमा नेपाल आएकालाई जान दिनु पर्यो, एक पटकलाई खोल्नु पर्यो भनी सांसदहरुले कुरा राखेका थिए ।

२०७३ सालपछि खाडीमा  घरेलु कामदारका रुपमा जान रोकिएको छ ।

समितिका सभापति श्रीवास्तवले त्यसका लागि खाडी मुलुकमा स्थलगत अध्ययनमा जान निर्देशन दिए । गलत बाटोबाट गएकाहरुलाई फेरि जान दिनु हुन्न भने । जे जसरी गएका भएपनि अलपत्र परेकाहरुलाई भने ल्याउनु पर्ने दायित्व सरकारको हो–सभापति श्रीवास्तवले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.