मेलम्चीमा ‘पैसा खायो’ भन्नु ‘साउनमा आँखा फुटेको गोरुले हरियो देखे’ जस्तै हो: मन्त्री मगर

  २०७५ पुष ९ गते १२:३७     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनामा लेनदेन भएको आरोप अस्वीकार गरेकी छिन् । मन्त्री मगरले आफु मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको भन्दै मन्त्रालयले उच्च गतिमा काम गरिरहेको बताएकी हुन् ।

आज राजधानीमा आयोजित संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री मगरले यस्तो कुरा बताएकी हुन् । कार्यक्रममा उनले भनिन्–मेलम्ची आयोजनामा पैसा खायो भन्नु साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भने जस्तै हो ।

आयोजना निर्माण गरिहेको इटालियन कम्पनी सीएमसीले पुनः काम गर्ने भन्नेमा विस्वास गर्ने वातावरण नभएपनि मन्त्रालयले उच्च स्तरमा वार्ता गरिरहेको छ ।

कम्पनीले ठेक्का तोडेको पत्र फिर्ता लिएको छ । ठेक्का तोडेको पत्र फिर्ता लिएर सिएमसी काममा फर्कन तयार भएको हो । तर यसमा  मन्त्रालयले विस्वासको आधार खोजिरहेका छ ।

कम्पनीले १७ डिसेम्बरमा सिएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । मेलम्ची आयोजनाले सिएमसीको बैंक खाता रोक्का गर्न पत्राचार गरेपछि सिएमसीले २१ डिसेम्बरमै पत्र लेखेर ठेक्का तोडेको पूर्व पत्र फिर्ता लिएको थियो ।

सोही दिन सिएमसीले बैंक खाता रोक्का गर्ने निर्णय विरुद्ध अदालतमा मुद्दा समेत हालेको थियो । आइतबार अदालतमा सिएमसीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले वहस गरेका थिए । सोही वहस पश्चात सिएमसी काममा फर्कन तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.