कैलाश विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर, वित्तीय क्षेत्रमा १८ वर्षको अनुभव

  २०७५ पुष ६ गते १३:१४     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत( डेपुटी सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकले पुस ६ गते(आज)देखि लागु हुने गरी मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नवनियुक्त नायब सीईओ मानन्धरले नियुक्त भएदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका मानन्धर यसअघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

नेपाल बङ्गलादेश बैंकबाट बैंकिङ् करियर शुरु गरेका मानन्धरले विभिन्न वाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनको वित्तीय क्षेत्रमा करिब १८ वर्षभन्दा बढीको कार्य अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.