१० रुपैंयाँको नोटमा पूर्व गभर्नर र पूर्व बैंकर सहित ३ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा

  २०७५ पुष ५ गते १६:५८     विकासन्युज

काठमाडौं । पुर्व गर्भनर तिलक रावल। उपेन्द्र केशरी पौडेल र हिमालयन बहादूर पाँडे विरुद्ध मुद्दा दायर भएको छ । भ्रष्ट्राचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो ।

आयोगले नेपाल राष्ट्रा बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ । आयोगले नेपाल राष्ट्रफ बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ ।

अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी ३ जनाले आर्थिक अनियमितता गरेको आयोगले प्रमाणित गरेको हो ।

उनीहरु विरुद्ध स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको आयोगमा उजुरी परेको प्रवक्ता रामेश्वर दंगालले बताए । आयोगले अनुसन्धान गर्दा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाएको पाएको थियो ।

नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई समेत रकम दिएको दाबी गरेको छ ।

नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्यारएको आयोगले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.