चिनी उद्योगीलाई मातृका यादवको आव्हानः भिड्ने भए आउनुस्

  २०७५ पुष ४ गते १७:३६     विकासन्युज

काठमाडौं । उद्योग मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योगीलाई युद्धको ऐलान गर्न चेतावनी दिएका छन् । बुधबार संसदको उद्योग बाणिज्य र श्रम तथा रोजगार समितिको बैठकमा मन्त्री यादवले चिनी उद्योगीहरुलाई युद्ध घोषणा गर्न चेतावनी दिएका हुन् ।

‘मन्त्रालयसँग कुरा नगर्ने, समितिमा उजुरी गर्ने, म धेरै कार्यक्रम स्थगित गरेर यहाँ आएको हुँ, चिनी उद्योगीले के गर्न खोजेको ? भिड्ने भए आउनुस्’, मन्त्री यादवले भने ।

चिनी उद्योगीहरुले सरकारसँग निहुँ खोजेको आरोप पनि मन्त्री यादवले लगाएका थिए । चिनी आयातमा कोटा निर्धारण, भन्सार दर वृद्धि लगायतका सहुलियत दिँदा समेत उद्योगीले निहुँ खोजेको मन्त्री यादवको भनाई थियो । ‘आयातमा कोटा लगाएका छौं, भन्सार दर पनि पुनरावलोकन गरिदिए कै छौं, फेरी पनि निहुँ खोज्दै समितिमा किन उजुरी गरेको हो ?’, मन्त्री यादवले प्रश्न गरे ।

उनले यथेष्ठ सहुलियत दिँदा पनि चिनी उद्योगीले किसानलाई उखुको भुक्तानी नदिएको पनि आपक्ति जनाए । ‘तपाईहरुले सुबिधै सुबिधा चाहिने अनि किसानलाई उखुको भुक्तानी पनि नदिने ? यस्तो पनि कहिँ हुन्छ, अब मन्त्रालय चुप लागेर बस्दैन’, मन्त्री यादवले भने ।

उनले किसानको भुक्तानी तत्काल नदिए थप कारवाही गर्ने चेतावनी पनि दिए । बैठकमा चिनी उद्योगहरुले आफुहरु बार्षिक ३ अर्ब नोक्सानीमा रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.