सार्वजनिक सवारीको संख्या बढ्दै, प्रदेश-३ मा मात्रै गुड्दैछन् ६००० ठूला बस, यस्तो छ रिपोर्ट

  २०७५ पुष ३ गते १३:१८     खेमराज श्रेष्ठ

काठमाडौं । देशभरी सार्वजनिक यातायातको संख्या बढ्दै गएको छ । यातायात व्यवस्था विभागले विभिन्न रुटमा अध्ययन गरी सार्वजनिक सवारीको संख्या बढ्दै गएको निस्कर्ष निकालेको हो ।

विभागले प्रदेश नम्बर ३ को १० वटा रुटमा अध्ययन गरी सवारीको तथ्याङक प्रस्तुत गरेको छ । विभागले मुग्लिन-मलेखु, नौबिसे-काठमाडौं, मलेखु-गल्छी, काठमाडौं-पिपलटार, मुग्लिन-नारायणगढ, पिपलटार-धुन्चे, मलेखु-धादिङबेसी, गल्छी-पीपलटार, खुर्कोट-धुलिखेल र मन्थली-तामाकोशी रुटमा सार्वजनिक यातायातको बारेमा अध्ययन गरेको हो ।

३ नम्बर प्रदेशमा अहिले गुडिरहेको सवारीलाई आधार मानेर बाँकी १५ वर्षसम्मको तथ्याङ्क निकालेको छ । तथ्याङ्क अनुसार अहिले प्रदेश नम्बर ३ मा ४१ सय ७२ वटा बस गुडिरहेका छन् । आगामी ५ वर्षमा यो संख्या बढेर ४६ सय ८१ वटा पुग्नेछ । यसैगरी, सन् २०२८ सालमा बसको संख्या बढेर ५२ सय ६३ वटा पुग्नेछ भने २०३३ सम्ममा ५९ सय ६७ वटा पुग्ने विभागले प्रक्षेपण गरेको छ । त्यस्तै, विभागले १० रुटमा गुड्ने जीप ट्रकको पनि तथ्याङक निकालेको छ । विभागले अब यातायात व्यवसायीहरु कम्पनी मोडेलमा आउने भएकोले बस संख्या बढ्न सक्ने जनाएको छ ।

यस्तो छ विभागले प्रस्तुत गरेको प्रदेश ३ को रिपोर्ट

हाल रहेकाे सवारी संख्या

२०२३ मा पुग्ने सवारी संख्या

२०२८ मा पुग्ने सवारी संख्या

२०३३ मा पुग्ने सवारी संख्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.