इञ्जिनियर्स एसोसियसनमा बामपन्थी वर्चश्व, सभापति बने त्रिरत्न बज्राचार्य

  २०७५ पुष २ गते २०:२५     विकासन्युज

काठमाडौं । नेपाल इञ्जिनियर्स एसोसियसनमा बामपन्थी नेतृत्व विजयी भएको छ । एसोसियसनको ३२ औं कार्यकारीणी समिति निर्वाचनमा त्रिरत्न बज्राचार्यको नेतृत्वमा बामपन्थी समुह विजयी भएको छ ।

बामपन्थी समुहले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उप महासचिव कोषाध्यक्ष र सह कोषाध्यक्षमै विजय हात पारेको हो । एसोसियसनको उपाध्यक्षमा अशेष घिमिरे, महासचिवमा छविराज पोखरेल, उप महासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा राम एकवाल यादव र सह कोषाध्यक्षमा चाँदमाला श्रेष्ठ निर्वाचित भएका हुन् । पदाधिकारी निर्वाचित सबै बामपन्थी प्यानलका उम्मेदवार हुन् ।

केन्द्रको १८ सीटमध्येमा १० सिट बामपन्थी र ८ सीटमा लोकतान्त्रिक समुहका उम्मेदवार बिजयी भएका हुन । प्रदेश ३, ४ र ६, मा बामपन्थी प्यानल विजयी भएको छ भने प्रदेश १, ५ र ७ मा लोकतान्त्रिक समुह बहुमत सीटमा बिजयी भएको छ । प्रदेश २ मा अध्यक्ष सहित बहुसंख्यक सिटमा बामपन्थी समुह बिजयी हुँदा सचिव लगायतका पदमा लोकतान्त्रिक समुहका उमेद्वारहरु बिजयी भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.