निजी स्कुल, सरकारी पाठ्यक्रमः नपाल्नुस् है नम्बरको भ्रम

  २०७५ पुष २ गते १८:००     विकासन्युज

काठमाडौं । शिक्षा ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो । शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । शिक्षा विषयगत अध्ययन मात्र नभएर सभ्यता, समाज, जीवनशैली, संस्कृति र परम्परा लगायतबाट प्राप्त हुने अनुभव र ज्ञान पनि हो ।

अरुभन्दा धेरै राम्रो अंक ल्याउनु, अरुलाई जित्नु नै राम्रो  शिक्षा हासिल गरेको भन्ने मानसिकता नेपाली समाजमा दह्रोसँग स्थापीत छ ।

तर पाठशाला नेपालका सञ्चालक यस धारणा प्रति बिल्कुलै सहमत छैनन् । शिक्षा भनेको जीवन जिउने कला सिक्नु हो भन्ने उनलाई लाग्छ।

पाठशाला नेपाल आज भन्दा १३ बर्ष अघि पाठशाला नेपाल फाउन्डेसनद्वारा स्थापना गरिएको विद्यालय हो ।  कक्षा १ देखी १० सम्म पढाइ हुने यो विद्यालय काठमाडौंका उत्कृष्ट मध्येमा पर्दछ । ललितपुरको बागडोल र बानेश्वर गरी यसका दुई ठाउँमा पूर्वाधार छन् ।

काठमाडौंमै फराकिलो र शान्त वातावरणमा उपलब्ध हुने नगन्य विद्यालयहरुमध्येकै एक हो यो पाठशाला । यहाँ १३ सय विद्यार्थी पढ्छन् । उनीहरुलाई केवल पढ्ने मात्रै होइन जीवन दर्शनलाई बुझ्ने कला पनि सिकाइन्छ ।

विद्यालयको अर्काे महत्वपूर्ण बिशेषता भनेको एउटा कक्षामा ३० जनाभन्दा बढी विद्यार्र्थी नराख्नु पनि हो । यो विश्वस्तरिय मापदण्ड भएको विद्यालयको दावी छ ।

‘देशमै राम्रो शिक्षा दिएर राम्रो जनशक्ती उत्पादन गराउन सकिन्छ भन्ने लक्ष्य र उद्देश्यका साथ पाठशाला नेपालको स्थापना गरेका थियौं, आफ्नो लक्ष्य प्राप्तिको बाटोमा सफलता पाईरहेको अनुभूत गरेका छौं’, पाठशाला नेपालका प्रिन्सिपल भन्छन् ।

लामो समयदेखि शिक्षण पेशामा संलग्नहरुले मिलेर स्थापना गरेको पाठशालामा ‘गरेर सिक’ भन्ने मुल सिद्दान्तलाई अवलम्बन गरिएको छ ।

त्यसैले विद्यालयमा पढाईका साथै प्रशस्तै अतिरिक्त कृयाकलाप पनि गराइन्छ । ‘ज्ञान भनेको महासागर हो, जत्रो भाडोँ लिएर गइन्छ, त्यति नै पानी पाइने हो, हामी ज्ञान रुपी महासागरमा ठूलो भाँडो बोक्ने जनशक्ति उत्पादन गर्न उद्यत छौं’, उनले भने ।

हरेक मान्छेसँग बराबर क्षमता हुन्छ, फरक यत्ति हो की ऊ हुर्के÷बढेको समाजले उसको कति क्षमता प्रस्फुटन गराउन भूमिका खेल्छ । पाठशालाले भने बालबालिकामा अन्तरनिहित प्रतिभाको पहिचान र त्यसको प्रवद्र्धनमा बिशेष ध्यान दिँदै आएको छ ।

धेरै नम्बर ल्याउनुलाई अब्बल मान्ने सोँचकाबीच ‘सार्थक शिक्षाः सार्थक जीवन’ भन्ने मर्मलाई आत्मसात् गर्दै जीवनोपयोगी र व्यवहारिक शिक्षा विद्यालयले प्रयोगमा ल्याएको दावी गरिएको छ ।

बोर्ड मेम्बर

अर्जुन पराजुली – अध्यक्ष

टंक आचार्य – प्रबन्ध निर्देशक

ईश्वरी बहादुर अधिकारी -प्रमुख कार्यकारी अधिकृत

विश्वनाथ कँडेल (बागडोल) र अनिता कुमारी तामाङ (बानेश्वर)- प्रधानाध्यापक

विद्यालयले हरेक चाडवाड रित पूर्वक धुमधामको साथ मनाउने गरेको छ । कक्षा १ देखी १० सम्म अध्ययन गर्दा विद्यार्थीले १० वटा संस्कृतिसंग पूर्ण रुपमा परिचित हुने अवसर पाउँछन् ।

विद्यालयले सरकारी पाठ्यक्रमबाट टाढा नगएर त्यसैमा अन्य महत्वपूर्ण पठन सामग्री जस्तै आर्ट क्लास, नृत्य, संगीतहरु राखेको छ । त्यति मात्रै होइन, अंग्रेजी र नेपाली भाषालाई विद्यालयले उत्तिकै प्राथमिकता दिएको छ । ‘एउटा पाइला नेपालमा, एउटा पाइला विश्वमा’  भन्ने कुरालाई पछ्याउँदै विद्यालयले दुवै भाषालाई प्राथमिकता दिएको संचालक बताउँछन् । यातायातको सुविधा, अत्याधुनिक प्रविधिको प्रयोग सहित अध्ययन–अध्यापन लगायतका व्यवस्थाहरूले यहाँको वातावरणलाई विद्यार्थी मैत्री बनाएको छ ।

जिम्मेवारी बोधसहितको पूर्ण स्वतन्त्रता त्यहाँ विद्यार्थीहरुले पाएको अर्काे उपहार हो । आत्मानुशासन र स्वतन्त्रता भित्रको अनुशासन आफुहरुको सबैभन्दा ठुलो सम्पत्ति भएको संचालक बताउँछन् ।

पाठशालाका शिक्षकहरु विद्यालय छुट्टी भएपछी १ घण्टा  भन्दा बढी समय विद्यालयमै बस्छन र दिनभरका घट्नाक्रमहरुको विश्लेषण गर्छन् । भोली के पठाउने भनेर व्यापक छलफल गर्छन् ।

यसरी एउटा निजी विद्यालय जसले सरकारी पाठ्यक्रम अध्ययन गराउँछ तर विश्वस्तरीय शिक्षा दिलाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.