चिल्लो नारायणगढ-मुग्लिन सडक अब जोखिममुक्त, यस्ता छन् उच्च जोखिममा रहेको सडकहरु

  २०७५ पुष २ गते १४:२४     खेमराज श्रेष्ठ

काठमाडौं । निर्माणअघि उच्च जोखिम युक्त रहेको नारायणगढ मुग्लिन सडकखण्डमा जोखिम घटेको छ । यातायात व्यवस्था विभागले यो सडकखण्डलाई कम जोखिमयुक्त सडकमा वर्गीकरण गरेको हो ।

३६ किलोमिटर लामो सो सडक पुल निर्माण बाहेक सबै काम सकिइसकेको छ । नारायणगढ मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढी सवारी साधन गुडिरहेका छन् । कालीखोला आसपासको ४ किलोमिटर क्षेत्रमा २९ वटा जोखिमपुर्ण पहिरो रहेका छन् । यसका लागि विभिन्न स्थानमा पर्खाल लगाउने काम गरिएको छ । सडकको विभिन्न स्थानमा राखेको स्पीड ब्रेकरले दुर्घटनालाई कम गर्ने विभागले दाबी गरेको छ ।

यसैगरी सडकको छेउमा सेफ्टी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । विभागले देशभरबाट ६० जोखिमयुक्त सडकको पहिचान गरी उच्च जोखिम मध्यम जोखिम र कम जोखिममा वर्गीकरण गरेको छ । जसअन्तर्गत उच्च जोखिममा ६, मध्यम जोखिममा ४३ र न्युन जोखिममा ११ वटा रुट रहेका छन् । दुर्घटना, सडकको दुरी, सडकको क्षमता लगायतलाई आधार मानेर सडकको वर्गीकरण गरिएको हो ।

यस्ता छन् उच्च जोखिममा रहेका सडकहरु

गल्छि-पिपलटार, काठमाडौं-पिपलटार, बार्तुङ-तम्घास, गोरुसिङगे-सन्धिखर्क, डुम्रे-बेसिशहर र बेसिशहर-चामे

मध्यम जोखिम

मलेखु-धादिङबेसी, पिपलटार-धुन्चे, धुन्चे-रसुवागढी, गल्छी-नौबिसे, नौबिसे-काठमाडौं, बुटवल-बर्थुङ, गल्याङ-वालिङ, वालिङ-स्याङजा, स्याङजा-पोखरा, पोखरा-कुस्मा, कुस्मा-बाग्लुङ, बाग्लुङ-बेनी, बेनी-जोमसोम, पोखरा-डुम्रे, डुम्रे-आबुखैरेनी, आबुखैरेनी-मुग्लिन, आबुखैरेनी-गोर्खा, चौरेल-फिकेल, फिकल-इलाम, इलाम-फिदिम, फिदिम-ताप्लेजुङ, धरान-हिले, हिले-लेगुवा, लेगुवा-भोजपुर-दिक्तेल, हिले-बसन्तपुर, बसन्तपुर-चैनपुर-खाँदबारी, बसन्तपुर-तेह्रथुम, कटारी-घुर्मी, घुर्मी-ओखलढुङगा, ओखलढुङगा-सल्लेरी, बर्दिबास-सिन्धुली, सिन्धुली-खुर्कोट, खुर्कोट-धुलिखेल, खुर्कोट-रामेछाप, खुर्कोट-मन्थली, मन्थली-तामाकोशी, लामाङगु-चरिकोट, चरिकोट-तामाकोशी, तामाकोशी-जिरी, धुलिखेल-जिरोकिलो, जिरोकिलो-दोलालघाट, दोलालघाट-चतरा र मुग्लिन-नारायणगढ रहेका छन् ।

न्युन जाखिम

इटहरी-धरान, र्मिचइया-कटारी, खुर्कोट-गुर्मि, खुर्कोट-खाडिचौर, खाडिचौर-कोदारी, काठमाडौं-बनेपा, काठमाडौं-धुलिखेल, मुग्लिन-मलेखु, पोखरा-डुम्रे, डुम्रे-आबुखैरेनी र आबुँखैरेनी-मुग्लिन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.