नेप्से १९ अंकले बढ्यो, सरकारले सकारात्मक नीति लिने लगानीकर्ताकाे अपेक्षा

  २०७५ पुष १ गते १५:०५     विकासन्युज

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको आइतबारको नेप्से परिसूचक १८.८९ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लाे दिनकाे तुलनामा १.६४ प्रतिशतले उकालाे लागेर ११६७.६७ अंकमा पुगेको छ ।

बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि सुधार आएको छ । आइतबार कुल १५९ कम्पनीको ४७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंंकको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन उत्पादनमूलक बाहेक कारोबारमा आएका बाँकी समूह हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १६७ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा १३३, माइक्रोफाइनान्स ३७, होटल ३०, बैंकिङ् समूह १७ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूह ८.४३ अंकले ओरालो लागेको छ ।

सेयर बजारप्रति खराे बन्दै आएका अर्थमन्त्री डा युवराज खतिवडा पछिल्लाे समय लचिलाे भएपछि र  राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा समिति गठन गरेपछि लगानीकर्ता आशाबादी देखिएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.