काठमाडौँ महानगरमा स्मार्ट सहरी प्रविधिका लागि बुद्धिको प्रतिस्पर्धा हुने, १७ लाख पुरस्कार

  २०७५ मंसिर २६ गते १७:२३     विकासन्युज

काठमाडौँ । महानगरको व्यवस्थित सहरको योजनाअन्तर्गत काठमाण्डौँ महानगरपालिका सहरी योजना आयोगले स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा अवधारणा ल्याएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५ मा काठमाडौँ महानगरको समग्र विकासको लागि विभिन्न क्षेत्रका मानिसहरुलाई  आह्वान गरीने बताए । विशेषगरी समुदाय तथा वातावरण, सहरी पूर्वाधार, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन लगायतका चार क्षेत्रमा विभिन्न उपक्षेत्र बनाएर आइडिया आह्वान गरिनेछ । प्रतिस्पधी च्यालेन्ज विजेता, विषयगत विजेता र विषयगत उपविजेता गरि १७ लाख पुरस्कारको व्यवस्था गरेको छ ।

महानगरको समग्र विकासको लागि फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधार, विपत व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण, धूलोधूवाँ, नदी प्रदूषण नियन्त्रण, सहरी कृषि तथा कौसीखेती, खाद्य सहरी प्रणालीलगायत महानगरको विकासको लागि सम्पूर्ण विषयवस्तुमाथि समूह समूहमा प्रतिस्पर्धा गराइने भएको छ । आइडिया आइडियाबीच प्रतिस्पर्धा गराइन्छ र उत्कृष्टलाई पुरस्कृत समेत गरिन्छ र सर्वोकृष्ट आइडियालाई कार्यान्वयन गर्न महानगरले लगानी गर्ने प्रवृत्तिको भए महानगरले र नभएर निजी क्षेत्रले गर्ने वातवरण दिइनेछ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.