१३८ मिलियनका डेम्बेलेको नेइमार भुलाउने खेल

  २०७५ मंसिर २६ गते १६:३४     विकासन्युज

काठमाडौं । बार्सिलोनाका युवा खेलाडी ओसामाने डेम्बेले लयमा देखिन थालेका छन् । बार्सिलोनाको उत्कृष्ट ११ मा स्थान बनाउन सघर्ष गरिरहेका डेम्बेलेले टोटेनह्याम विरुद्ध उत्कृष्ट गोल गरेर आफुलाई प्रमाणित गरेका हुन् ।

जब नेइमारले उच्च आर्थिक प्रलोभनमा बार्सिलोना छाडे, तनावमा रहेका बार्सा पदाधिकारीहरुले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट १३८ मिलियन युरोमा डेम्बेलेलाई किने । केहि समयमै डेम्बेले घाइते भएपछि बार्साको खेलाडी ट्रान्सफर असफल भएको र क्लब अध्यक्ष बार्टमाउको आलोचना चुलिएको थियो ।

अहिले डेम्बेले उच्च फर्ममा रहेका छन् । मैदानको दायाँ भागको स्ट्राइकर भुमिका निर्वाह गरिरहेको उनले बार्सा फ्यानको मन जित्न थालेका छन् । मैदानमा सबैभन्दा तेज गतिमा दौडने र २ जना डिफेन्डरलाई सजिलै छलाउन सक्ने डेम्बेलेको प्रमुख विशेषता रहेको छ । साथै उनको दुबै खुट्टाले शक्तिसाली सुट प्रहार गर्न सक्ने क्षमता रहको छ ।डेम्बेलेको विषयमा उनका टिममेट लियोनल मेसीले खुलेर प्रसंशा गरेका छन् । उनलाई इग्लिस क्लब लिभरपुल र आर्सनलले किन्ने हल्ला

चलिरहेको अवस्थामा मेसीले डेम्बेले बार्सिलोनामा आवश्यक रहेका बताएका हुन् । बार्सिलोनाले डेम्बेलेलाई बेचेर नेइमार पुन भित्र्याउने योजना बनाइरहेको समाचार बाहिरीरहँदा डेम्बेलेले नेइमार भुलाउने प्रर्दशन गरिरहेका छन् ।

उनको ठाउँमा बार्सिलोनाले ब्राजिलका म्कलोहम ल्याएपछि उनी क्लबसँग थप रिसाएको हुनसक्ने अनुमान गरिएको छ । अहिले बार्सिलोनाको मिडफिल्डमा समस्या मुख्य समस्या देखिइरहेको छ । फिलिपे कौटिन्हो र मेसि एकैसाथ मैदान उत्रिदाँ डिबक्ससम्म बल पुग्न सकेको छैन । यस अवस्थामा बार्साले तिब्र गतिका डेम्बेलेलाई भरपुर प्रयोग गर्न सक्छ ।

डेम्बेलेको एटिटिउड समस्या

बार्सिलोनामा डेम्बेलेको व्यवहारलाई लिएर प्रशिक्षक भाल्डभारे चिन्तित रहेकोबताइएको छ । उनी क्लबका अधिकारीहरुलाई जानकारी नदिइ बिदामा बस्ने र ट्रनिङमा समयमा नपुग्ने गरेका छन् । यस्तै समस्याका कारण फ्रान्सका मुख्य प्रशिक्षक देशच्याम्पले उनलाई रसिया विश्वकपमा मैदानमा निकै कम समय खेलाए । यद्यपी बार्सा प्रशिक्षक भाल्डभारेले डेम्बेलेसँगको समस्या सुल्झिसकेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.