इमानदारीता र मेहनत भन्दा ठुलो कुरा केहि छैनः माधव नेपाल

  २०७५ मंसिर २६ गते ९:५६     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले इमानदारीता र मेहन भन्दा ठुलो कुरा अरु केहि हुनै नसक्ने बताएका छन् । शंखरापुर पोलिटेक्निक ईन्स्टिच्युटमा आयोजीत कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले भने–‘इमानदारीता र मेहनत भन्दा ठुलो अरु केहि पनि हुन्न, त्यसलाई ख्याल गर्नेहरु कहिल्यै असफल हुँदैनन् ।’

नेपालले आफैैं प्रधानमन्त्री हुँदा बजेट विनियोजन गरेर सो पोली टेक्निकल ईन्स्टिच्युट निर्माण गराएका थिए । त्यहाँ अध्ययनरत विद्यार्थीहरुको विदाई तथा नव आगन्तुकहरुको स्वागत कार्यक्रममा नेपालले नर्स र डाक्टरहरु नम्र हुनुपर्ने धारणा समेत राखेका थिए ।
विद्यार्थीहरुलाई उत्प्रेरणाका बिभिन्न किस्सा सुनाउँदै नेपालले जीवनलाई सार्थक बनाउन सक्रियता आवश्यक रहेको समेत सुनाएका थिए ।

१२६ घण्टा नाचेर विश्व रेडर्क कायम गर्ने काम नेपाली चेलीले गरेको बताउँदै उनले त्यस्तै लगनशिलता विकासमा सबैलाई सुझाव पनि दिए ।
श्रृंखला खतिवडाले पनि देशको इजजत बढाएको बताएका थिए । नेपाल बिभिन्न जातजाति र भेषभुषाले नेपाली पहिचान अभिवृद्धि गरेको पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.